१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले अर्घाखाँचीको प्रतिनिधि छनौट सम्पन्न, युवा र पुराना नेताहरुको आर्कषण गैरेमा



अर्घाखाँची ।
नेकपा एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको लागि नेकपा (एमाले) को ६१ वटै वडामा प्रतिनिधि छनौट सम्पन्न भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

छनौट भएका प्रतिनिधिहरुको आर्कषण नेकपा एमालेका युवा नेता प्रेमनारायण गैरेमा देखिएको छ ।

युवाहरुका माझ निकै चर्चित रहेका गैरे अर्घाखाँचीका लोकप्रिय युवा नेता हुन् ।

गैरेलाई आगामी नवौँ जिल्ला अधिवेशनमा नेतृत्वमा स्थापित गर्नको लागि युवाहरु सँगसँगै पुराना र अग्रज नेताहरुको पनि साथ र समर्थन रहेको छ ।

बिद्यार्थी राजनीतिबाट राजनीतिक जीवन प्रारम्भ गरेका गैरे अनेरास्ववियुको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य, पाणिनी बहुमुखी क्याम्पसको स्ववियु सभापित समेत भएका थिए ।

२०६२/२०६३ सालको जनआन्दोलनमा युवा र विद्यार्थीको नेतृत्व गैरेलेनै गरेका थिए ।

नेकपा एमाले अर्घाखाँचीको सातौँ अधिवेशनमा चेतनारायण आचार्य अध्यक्ष निर्वाचित हुँदा पदाधिकारीमा सवैभन्दा धेरै मतका साथ उप–सचिव पदमा चुनाव जितेका थिए ।

गैरेले नेकपा (एमाले) को लुम्विनी प्रदेश अधिवेशनमा पुराना र अग्रज नेतालाई जिम्मेवारी दिनुपर्छ भनि प्रदेश कमिटीमा दोहोरिएका थिएनन् ।

प्रदेश अधिवेशन पश्चात गैरे पार्टीको कुनै जिम्मेवारीमा छैनन् । पार्टीको कुनै जिम्मेवारीमा नभएपनि उनी पार्टी काममा भने निरन्तर लागि रहेका छन् ।

नेकपा एमाले अर्घाखाँची नवौँ जिल्ला अधिवेशन यही जेष्ठ २६ र २७ गते सदरमुकामा सन्धिखर्कमा हुँदै छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१ सोमबार ००:००  ९ : ३८ बजे