६ असार २०८३, शनिबार | Sat Jun 20 2026

आजदेखि चक्रवात ‘दाना’ को प्रभाव घट्दै जाने



काठमाडौं ।

बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव आजदेखि क्रमशः घट्दै जाने भएको छ।

अहिले देशका अधिकांश भूभागमा बदली भए पनि दिउँसोपख मौसम हल्का खुल्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। भोलिबाट भने मौसममा थप सुधार आउने मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार आज देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। अन्य भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। पछिल्लो एकसातादेखि हिजोसम्म १४ डिग्री सेल्सियसको हाराहारी रहेकामा आज १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् लामिछानेले बताए।

प्रकाशित मिति : १० कार्तिक २०८१ शनिबार ००:००  १० : ०५ बजे