२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

एमाले अड्गुरीको अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की



शोभाखर पन्थी,अर्घाखाँची ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारका बिरुद्ध निर्मम बनेर लाग्न सरकारलाई आग्रह गर्नुभएको छ ।
नेकपा एमाले पाणिनि ७ अड्गुरीको वडा अधिवेशनको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारका कारण मुलुक खोक्रो बनेको भन्दै जोसुकै व्यक्तिले भ्रष्टाचार गरेको भएपनि निर्मम बनेर कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष भुसालले जनताले खाई नखाई १००।५० गर्दै सहकारीमा जम्मा गरेको करोडौं रकम कुम्ल्याएर घरवास बीहिन बनाउनेहरुलाई हदैसम्मको कार्वाही गर्नुपर्ने भन्दै उहाँले सहकारीमा जम्मा गरेको रकमको ग्यारेन्टी गर्ने दायीत्वबाट राज्य पछि नहट्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रियताको रक्षा, विकास ,समृद्धि, समाजिक न्याय र सुशासन नेकपा एमालेबाट मात्र संभव भएको भन्दै उहाँले आगामी २०८४ को निर्वाचनमा एकल बहुमतका साथ नेकपा एमालेलाई विजयी गराउनु पर्नेमा जोडदिनु भयो । नेकपा एमाले कमजोर भए मुलुक कमजोर हुने भन्दै उहाँले बलियो र सुदृढ एमाले नै अहिलेको अपरिहार्य आबस्यकता भएको तर्क राख्नुभयो । भुसालले गाउँ गाउँमा गएर जनताको सुखदुखको सारथि बन्दै संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेताहरु जिवनारायण कोईराला, कमल घिमिरे, टेकराज न्यौपाने, लक्ष्मी गौतम, गुनाखर अधिकारीले मन्तव्य राख्दै एकताबद्ध भएर संगठन निर्माण , सुदृढीकरण र रक्षाको निम्ति जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रम कृष्णप्रसाद पोख्रेलको अध्यक्षता, मिनकुमार श्रेष्ठको स्वागत मन्तव्य र पदम महत्राको संचालनमा सम्पन्न भएको थियो ।
अधिवेशनले रामबहादुर कार्कीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटीको सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा चोपलाल पोख्रेल,सचिवमा पदम महत्रा,उपसचिवमा चन्द्रकुमार श्रेष्ठ र मानकुमारी सोमैलाई चयन गरेको छ भने अन्य सदस्यहरुमा रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१ सोमबार ००:००  ७ : २८ बजे