१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेसपा (नयाँ शक्ति) को उपाध्यक्ष भइन् मानुषी, २० जना निर्विरोध



काठमाडौं ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठमाडौंमा भएको महाधिवेशनबाट उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन्।

पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो।

काठमाडौंको कमलादीमा नेसपा ९नयाँ शक्ति० को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।

अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्ता छन् निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्य-

उपाध्यक्ष (महिला) मानुषी यमि भट्टराई

उपाध्यक्ष (दलित) दुर्गा सोब

कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) मणि राई

कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी

मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा साप्कोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई

कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ

आदिवासी जनजाती युवा महिला मन्जु माया तामाङ

मधेशी महिला अमृता कुमारी देवी

दलित केन्द्रीय सदस्य युवा हिक्मत विक

थारू महिला गीता थनेत

प्रकाशित मिति : २९ माघ २०८१ मंगलबार ००:००  १ : ३४ बजे