७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक तय गरेको थियो। बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने कार्यबाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले जानकारी दिए।

बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकासहितका समसामयिक एजेण्डा रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा पार्टीको पेसागत तथा बुद्धिजीवि विभागले बुझाएको प्रतिवेदनपछि उठेका प्रश्नका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१ आइतबार ००:००  ८ : ०९ बजे