८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ



काठमाडौं ।
राजावादी आन्दोलनलाई उत्तिजित बनाउने एक जना धर्मगुरु पनि पक्राउ परेका छन् ।

शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१ शनिबार ००:००  ११ : २१ बजे