७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भाटभटेनीमा लुट्न पसेकालाई भाटा हान्दै लखेट्ने गार्ड पराजुली सम्मानित



काठमाडौं ।
चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भाटभटेनीमा लुट्न पसेकाहरूलाई भाटा हान्दै खेद्ने सुरक्षा गार्डलाई भाटभटेनीले सम्मान गरेको छ।

भाटभटेनीले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख ११ हजार १ सय ११ नगद र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो। उनलाई अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले सम्मानसहित चेक प्रदान गरेका हुन्।

उक्त प्रदर्शनका क्रममा बाहिरिएका भिडियोहरूमा भाटभटेनी भित्र पसेर लुट्ने र लुट्न खोज्नेलाई उनले लठ्ठीले हान्दै धपाएका थिए। भाटभटेनीले सो समयमा खटिएका अन्य गार्डलाई पनि सम्मान गरेको हो।

भाटभटेनीले उक्त तोडफोड तथा लुटपाटबाट ८० लाख बराबरको क्षति भएको जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१ बुधबार ००:००  १ : ०२ बजे