२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

आजदेखि विश्व खोप सप्ताह सुरु



काठमाडौं ।
आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ।

‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ। विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रबर्द्धन गर्नु हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख मानिसको जीवन जोगिएको छ।

शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको छ। बालकदेखि वृद्धसम्मलाई रोग प्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ।

प्रकाशित मिति : ११ बैशाख २०८२ बिहिबार ००:००  ८ : ३५ बजे