२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

एमाले संसदीय दलको बैठक आज



काठमाडौं ।
नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ। अधिवेशनलाई कसरी फलदायी बनाउने भन्नेमा बैठक केन्द्रित रहने उनले बताए।

यसैगरी आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८२ शनिबार ००:००  ७ : ०६ बजे