१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने



काठमाडौँ ।
नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको छ । यसअघि म्यानुअल रूपमा हुँदै आएको भेरिफिकेसनलाई अहिले स्वचालित बनाइएको नागरिक एपले जनाएको छ ।

भाद्र २४ गते भएको तोडफोडपछि अहिले नागरिक एप सहायता केन्द्र बन्द गरिएको छ। अहिले कुनै पनि फोन वा इ(मेल मार्फत प्रत्यक्ष सेवामा उत्तर दिन असमर्थ रहेको जनाइएको छ ।

यो अवस्थामा कसैको फोटो अस्वीकृत भएमा एमआरपी साइजको डिजिटल फोटो पुनः अपलोड गर्न अनुरोध समे गरिएको छ । छिटै सहायता केन्द्र फेरि सञ्चालनमा ल्याउने प्रयत्नमा गरिरहेको नागरिक एपले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२ शुक्रबार ००:००  ९ : ०८ बजे