एजेन्सी ।
अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीवार एउटा सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूकाअनुसार यो दुर्घटना दिउँसो करिव १२ बजे भएको थियो।
लस एञ्जलस अग्नि नियन्त्रण विभागले दिएको जानकारीअनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो भने अन्य सात जनालाई तत्काल नजिकैको अस्पताल लगिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले उक्त पसल एशियाली सुपरमार्केट चेन ९९ र्यान्च मार्केट रहेको पहिचान गरेका छन्। दुर्घटनाको वास्तविक कारणबारे अझै स्पष्ट हुन सकेको छैन र स्थानीय प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।






प्रतिक्रिया