१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नविन अर्यालसहित २० युवा रास्वपा परित्याग गर्दै एमालेमा प्रवेश



विजयनगर ।
नविन अर्यालको नेतृत्वमा २० जना युवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन् ।

एक औपचारिक कार्यक्रमका बीच नवप्रवेशी युवाहरूलाई राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले स्वागत गरेको हो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले देशको विकास, राजनीतिक स्थिरता र स्पष्ट वैचारिक दृष्टिकोणका कारण आफूहरूले एमाले रोजेको बताएका छन् । उनीहरूले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमालेका नेताहरूले युवाहरूको आगमनले पार्टी थप सुदृढ हुने विश्वास व्यक्त गर्दै संगठन विस्तार र विकास अभियानमा सक्रिय सहभागिताको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२ शुक्रबार ००:००  ८ : ४५ बजे