गीता पौडेल, चन्द्रौटा ।
शिबराज नगरपालिकाको चन्द्रौटामा लोटस ब्युटी पार्लर तथा तालिम केन्द्रको उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी शिबराज नगरपालिका उप प्रमुख शिब कुमारी थारुले महिलाहरुले सिप सिके मात्र आत्मनिर्भर बन्ने बताउनु भएको छ ।
उप प्रमुख थारुले त्यस क्षेत्रका महिलाहरुलाई ब्युटी पार्लरले सोन्दर्यको क्षेत्रमा सिप सिकाएर आत्मनिर्भर बन्न सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो ।
बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नगरपालिकाले बिभिन्न जातजाति भाषाभाषी र बिभिन्न समुदायका महिलाहरुलाई समेट्ने गरी महिला सशक्तिकरणका लागि बिभिन्न सिपमुलक कार्यक्रम प्रदान गर्ने उहाले बताउनुभयो ।
सोन्दर्य कला व्यबसायी संघका केन्द्रिय उपाध्यक्ष मिना प्रधानले महिलाहरुमा सिप भए समाजमा आत्म सम्मानित भएर बांचने बाताबरण सृजना हुने बताउनुभयो ।
प्रधानले महिलाहरुको घरको चुलो चौको देखि ब्यबसाय संचालन गर्नमा ठुलो महत्व रहेकाले ब्यबसायिक बन्न घर परिवार तथा समाजले पनि सहयोग पुराउनु पर्ने बताउनु भएको छ ।
सोन्दर्य कला ब्यबसायिक संघ रुपन्देहिका अध्यक्ष रेष्णु शेष्ठले समाजमा बिगतमा भन्दा अहिले महिलाहरुलाई हेर्ने दृष्टीकोण सकरात्मक भएको बताउंदै सामान्य महिलाको तुलनामा भन्दा सिप सिकेका महिलाई हेर्ने दृष्टीकोण अझ सकरात्मक भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय मानब अधिकार प्रतिष्ठानका अध्यक्ष बिष्णु प्रसाद खतिवडा, ब्यापार सघ कपिलबस्तुका अध्यक्ष महादेब पोखरेल, मेल मिलाप केन्द्रका सदस्य कमला भुषाल, शुभ लक्ष्मी बहुउदेश्य महिला सहकारीका अध्यक्ष लालुमाया पोखरेल बोल्नुभएको थियो ।
८ आश्विन २०७५ सोमबार ००:००
0
Shares






प्रतिक्रिया