१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

साना किसान कृषि सहकारी बुड्ढीको १९ औं साधारणसभा



विकास बन्जाडे, बुद्धभूमि ।
पछिल्लो समय बढ्दो युवापुस्ता बेरोजगारका कारण आर्थिक अभाव बताउँदै विदेश पलायन भैरहेका बेला स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् ।

देशमा पछिल्लो समय भएका राजनितिक परिवर्तनले आर्थिक क्षेत्र समेत कमजोर भएको उनीहरुले बताएका हुन् ।

छरिएको पुँजीलाई सहकारीको माध्यमबाट एकिकृत गरी आगामी दिनमा आयआर्जनका साथै कृषि कार्यमा लगानी गर्न सहकारीकर्मीले जोड दिएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका बुड्ढीमा आयोजित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभाका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

उनीहरुले छरिएको पुँजीलाई एकिकृत गरी बैदेशीक रोजगारीमा भन्दा स्थानीय कृषि उत्पादनमा सहकारीको लगानी विस्तार गरी गरिव तथा विपन्न समुदायको आयआर्जनमा बृद्धि गर्ने खालका कार्यक्रममा लगानी गर्न सुझाव दिएका छन् । जस अनुसार आगामी दिनमा भुजा, चिउरा, कृषि पालन लगायतका कार्यमा सहुलियत ऋण लगानीको व्यवस्था गरिएको जनाइएको छ ।

संस्थाका अध्यक्ष राम प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान कृषि केन्द्रिय संघका सन्चालक सदस्य पदम प्रसाद खनालले प्रमुख अतिथिको रुपमा अन्य क्षेत्रमा जस्तो नगरपालिका भित्र सहकारीमा कुनैपनि अवान्छीत घटना नभएको र हुन पनि नदिन सवै शेयर सदस्यको महत्वपूर्ण भूमिका हुने बताउँदै आगामी दिनमा स्थानीयको जिविकोपार्जनमा टेवा पुर्‍याउने खालका कार्यक्रम ल्यार्इ आपनो गाउँघरलाई समेत सम्मृद्ध नेपाल शुखी नेपालीको भावना अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

साना किसान सहकारी संस्था बुड्ढीको १९ औं साधारण सभाको अध्यक्षता देविका कंडेलले गरेको कार्यक्रममा, दिपक भुसालले सन्चालन गरेको कार्यक्रमको स्वागत उपाअध्यक्ष बसन्त प्रसाद पन्थीले गर्नुभएको थियो भने अध्यक्ष राम प्रसाद चौधरीले गरेको बार्षिक प्रतिवेदन, लेखा संयोजक युवराज भुसालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतीले पारीत भएको थियो ।

२०६० सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्था बुड्ढीमा १८ सय जना शेयर सदस्य रहेका छन् भने कुलपुँजी झन्डै ४९ करोडको हाराहारीमा रहेको प्रवन्धक डोर बहादुर झाँक्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० पुस २०८२ आइतबार ००:००  ११ : ११ बजे