६ असार २०८३, शनिबार | Sat Jun 20 2026

जिसस स्याङ्जामा एमालेको प्यानल विजयी



वालिङ, २५ साउन ।
जिल्ला समन्वय समिति स्याङ्जाको बुधबार सम्पन्न निर्वाचनबाट नेकपा एमालेको समूह विजयी भएको छ । समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वा्चित भएका हुन् ।
उपप्रमुखमा एमालेका दिलीपकुमार बगाले विजयी भएका छन् भने समन्वय समिति सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका धनमाया विक, विष्णु चन्द, गुमानसिंह थापा, सीता थापा, टीकाकुमारी डुम्रे, विष्णुप्रसाद आचार्य, तेजेन्द्र सुनार विजयी भएका हुन् ।
एघारवटा स्थानीय तहमा एमाले र नेपाली काँग्रेसबाट विजयी भएका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षले मत दिएका हुन् । जिल्लामा कूल २२ मत रहेकोमध्ये एमालेको पक्षमा १५ मत र नेपाली काँग्रेसको पक्षमा सात मत रहेको थियो । रासस

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  १० : ५७ बजे