७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

‘फुलको डालिमा लोक दोहोरी गीत सार्बजनिक’ (भिडियो सहित)



मायादेवी अनलाइन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले फुलको डालीमा बोलको टिपिकल दोहोरी गित बजारमा ल्याउनु भएको छ । सुजन लम्सालको लय र शब्द रहेको सो गितमा देवी घर्ति, थानेश्वर अधिकारी र पुर्णचन्द्र परियारले स्वर दिनु भएको छ ।
कपिलवस्तु जिल्लाको ऐतिहासिक,धार्मिक र पर्यटकिय स्थल लक्ष्मणघाट र जगदिसपुर तालमा छायांकन गरिएको सो गितमा चर्चित मोडल पिएन सापकोटा र अप्सना थापाले अभिनय गर्नुभएको छ भने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका कलाकारहरु सहयोगी भुमिकामा रहेका छन् ।
चर्चित नृत्य निर्देशक लोकेन्द्र शाहले निर्देशन गर्नुभएको सो गित बजारमा ल्याउन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष तथा चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीले बिशेष सहयोग गर्नुभएको थियो । सानै उमेरदेखी लोक दोहोरी गितलाई माया गर्ने अधिकारी र परियार कपिलवस्तु जिल्लामा रहेर बिगत लामो समय देखी लोक संस्कृतिको संरक्षण र संबद्र्धनमा लागी पर्नुभएको छ ।
कपिलवस्तु जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकिय सम्पदाको पहिचान र प्रबद्र्धन गर्ने उद्देश्यले यो गितको छायांकन कपिलवस्तु जिल्लामै गरिएको गायक अधिकारी बताउनु हुन्छ । श्रोता र दर्शकको साथ सहयोग पाएमा आगामी दिनमा पनि गित र संगितलाई यसरी नै माया गर्दै अगाडी बढ्ने गायक अधिकारी बताउनुहुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १ : ४८ बजे