५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सुठौलीमा मोटरसाइकल दुर्घटना हुँदा बाणगंगाका एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार साँझ करिब ७ बजे तौलिहवा–मर्यादपुर सडकखण्डमा मर्यादपुरतर्फबाट तौलिहवातर्फ आउँदै गरेको लु २२ प ९४८४ नम्बरको मोटरसाइकल अगाडि रोकिराखिएको भारतीय नम्बर प्लेट युपी ५१ एटी ४४५५ नम्बरको टेलर गाडीको पछाडि ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।…