काठमाण्डौ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘बालश्रम निवारण प्रतिवेदन–२०८२’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार देशभरमा अहिलेसम्म १० वटा पालिका बालश्रममुक्त घोषणा भएका छन् । बालश्रममुक्त स्थानीय तह कार्यविधि–२०७७ बमोजिम देशभरका ७ सय ५३ पालिकामध्ये अहिलेसम्म १० वटा बालश्रममुक्त पालिका घोषणा भएका हुन् । बालश्रममुक्त घोषणा भएका पालिकामा म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको…