काठमाण्डौ । राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालय बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै आज, भोलि र पर्सि तीन दिन सबै विद्यालयले बन्द गर्ने निर्णय गरे अनुसार शैक्षिक संस्थाहरु बन्द भएका हुन् । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता–रामको साङ्केतिक…