काठमाडौं ।आज (बिहीबार) देखि बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको छ। यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले हिजो बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन्। शाक्यको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा १…