काठमाण्डौ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य निकालेपछि…