चितवन । प्रहरी नियन्त्रणमा सैनिक जवानको मृत्यु भएको विरोधमा स्थानीयले अवरुद्ध गरेको पृथ्वी राजमार्ग खुलेको छ । घटनाको निष्पक्ष छानविन गर्ने सहमति भएपछि सडक खुलेको चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । पीडित परिवार, चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि र प्रहरीबीचको वार्ताले घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गर्ने सहमति गरेपछि सडक खुलेको हो ।…