मोरङ । विराटनगरका रामजानकी चौकबाट ठूलो परिमाणको लागु औषधसहित एक महिला पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३२ वर्षीया अरजिना खातुनलाई प्रहरीले भारतको जोगबनीबाट लागुऔषध लिएर बिराटनगर आएको अवस्थामा पक्राउ गरेको हो। सीमावर्ती क्षेत्रस्थित इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले खातुनलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक रानाका अनुसार चेक…