लहान । सप्तरीको राजविराज नगरपालिका १ स्थित कञ्चनपुर सडकमा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको स।१त ५५३४ नम्बरको ट्रयाक्टरको ठक्करले स्थानीय विक्रम गिरीकी छोरी करिब १० वर्षीया अञ्जली गिरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार साँझ ट्रयाक्टरको ठक्करले गम्भीर घाइते भएकी अञ्जलीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा…