डिलाराम भुसाल, कपिलबस्तु ।उद्योग व्यापार संघ कपिलबस्तुले शनिबार नियमित बैठकको अवसर पारेर इलाका प्रशासन कार्यालय बाणगंगामा कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएका बाबुराम पोख्रेलको सम्मानमा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रमुख प्रशासकीय जिम्मेवारी सम्हाल्नुभएका पोख्रेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रशासन र निजी…