दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानीबाट…