काठमाण्डौ ।काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षक, जनप्रतिनिधि, कर्मचारीलगायतले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । नगरले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालय शैक्षिक सुधार योजनाअन्तर्गत मण्डनदेउपुर नगरभित्रका जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको हो । साथै जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई यो वैशाख…