नेपालगन्ज । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका चितुवा र बाघले पछिल्लो समय निकुञ्ज वरिपरिको गाउँबस्तीमा पसेर स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको छ। सोही क्रममा खजुरा गाउँपालिका(६ सिमलघारीकी बालिका लक्ष्मी पुनको चितुवाको आक्रमणमा परेर गत भदौ ३० गते मृत्यु भएको थियो। पुनको मृत्यु भएको सात महिनापछि उनको परिवारलाई लुम्बिनी प्रदेश सरकारले १० लाख रुपियाँ राहत उपलब्ध…