६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

चार दशकदेखि लालपुर्जाको पर्खाइमा सुकुम्बासी बस्ती

पश्चिम नवलपरासी। विगत ४७ वर्षदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्व नपाउँदा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ का स्थानीय बासिन्दा यतिबेला निकै मर्कामा परेका छन्। वि.सं. २०३६ सालदेखि निरन्तर बसोबास र खेतीपाती गर्दै आए पनि सरकारले लालपुर्जा नदिँदा उनीहरू आफ्नै भूमिमा ‘अनागरिक’ महसुस गर्न बाध्य छन्। रामग्राम नगरपालिका–१८ अन्तर्गत पम्पापुर, मन्दिर टोल पूर्व, मन्दिर टोल पश्चिम र घराई…