२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि



काठमाण्डाै ।

शैक्षिक सत्र २०८३ काे विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि शुरू हुने भएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतकाे शिक्षा तथा मानव स्राेत विकास केन्द्रले आज सूचना निकालेर विद्यार्थी भर्ना वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि शुरू हुने जनाएकाे हाे ।

यसअघि सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे पनि भर्ना अभियान कहिलेदेखि हुने भन्ने स्पष्ट भएकाे थिएन ।

यसअघि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुने गरेकाे थियाे ।

प्रकाशित मिति : २६ चैत्र २०८२ बिहिबार ००:००  ६ : ५५ बजे