काठमाडौं ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए । ‘हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्छौं, अहिलेको अवस्था हेर्दा भूकम्प प्रभावित जिल्लामा दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको…