काठमाडौं ।युरोपियन च्याम्पियन्स लिग २०२३/४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । जाआओ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोएल एन्तवर्पलाई ५-० ले सहजै हरायो । घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको ११औं मिनेटमै फेलिक्सले एक्ले गुन्डोगानको पासमा गोल गरी अग्रता दिलाएका थिए । त्यसपछि फेलिक्सकै पासमा…