१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

गृहमन्त्रीको निधो गर्ने जिम्मा प्रचण्डकै हो : महरा

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन्। सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्। उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिरसमेत गरे। उनले…