काठमाण्डाै । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजकाे बैठक शुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह…