तम्घास(गुल्मी) । गुल्मीमा देशकै नमुना तीनमुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीनमुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि आधिकारिक रुपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन । गुल्मी, स्याङ्जा…