काठमाडौं । थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन् । माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए । श्वास फेर्न नसकेपछि घाँटी समाएर…