२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरु चीन जान पाउने



काठमाडौं ।

चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड(१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ ।

मन्त्रालयले सूची जारी गर्दै गर्दै सूचीमा रहेका विद्यार्थीहरुले चीन फिर्तीका लागि देहायको गाईड लाइन बमोजिम पुनः भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  १२ : ४६ बजे