बुटवल ।लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री धर्म बहादुरलाल श्रीवास्तवलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार स्वाब परीक्षण गरेका मन्त्री श्रीवास्तवको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ। ज्वरोसँगै छातीमा समस्या देखिएपछि एक्सरे गर्दा छातीमा इन्फेक्सन देखिएको मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री श्रीवास्तवका स्वकीय सचिव आकाश पाठकले एक्सरे रिपोर्टमा छातीमा अलि बढी…