६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

चितवन, २  भदौ । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । शुक्रबार दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।