१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मालपोतका कर्मचारी घुस लिँदै गर्दा पक्राउ

मायादेवी अनलाइन, रुपन्देही । रुपन्देहीमा एकजना मालपोतका कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका अनुसार मर्चवार मझगावामा रहेको मालपोतको कार्यालयमा कार्यरत सुब्बा हरि पौडेल सेवाग्राही सँग १० हजार घुस लिँदै गर्दा पक्राउ परेका हुन । उनले विभिन्न बहाना बनाउँदै सेवाग्राहीका काम गर्न आलटाल गर्दै आएको अख्तियारले बताएको छ…