काठमाण्डौ । काठमाण्डौसहित देशका धेरै ठाउँमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू सिलिन्डर लिएर पसल धाइरहेका छन् तर दुई हप्ताभन्दा बढी समयदेखि ग्यास आपूर्ति नभएको स्टोर सञ्चालकहरू बताउँछन् । नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्ट भने आपूर्तिमा कमी नभएको दाबी गर्नुहुन्छ । पश्चिम एसियाको तनावबाट त्रसित उपभोक्ताहरूले एक घरमा चार–पाँचवटासम्म सिलिन्डर…