अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा अवस्थित डमरु दह अहिले पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । अग्लो तथा समथर भूभागका बिचमा चारैतिर बस्तीले घेरिएको यस दहलाई पछिल्लो समय व्यवस्थित र आकर्षक बनाउने काम पनि भइरहेको छ । दहवरिपरि पैदलमार्ग तथा पार्क निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दहको सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई विशेष आकर्षित…