बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । उनीहरुले गठबन्धन गरेका थिए । आइतबार सम्पन्न निर्वाचनमा खुलातर्फ कांग्रेसका चन्द्रबहादुर केसी, महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अपाङ्गता अशक्ततर्फ कांग्रेसका वासुदेव घिमिरे (जङ्गली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।…