११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

रविको मुद्दामा रुपन्देही अदालतले सर्वोच्चको आदेश पर्खने, आरोपपत्र संसोधन यथास्थितिमा

काठमाडौँ : रुपन्देही जिल्ला अदालतले रविको मुद्दामा सर्वोच्च अदालतको आदेश पर्खने भएको छ।  अदालतले उनको मुद्दा संसोधनको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा रहेको विचाराधीन रिटको टुंगो लागेपछि मात्रै सुनुवाइ हुने आदेश गरेको छ।  जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले सर्वोच्चमा परेको रिटको अन्तिम किनारा नलागेसम्म निवेदन यथास्थितिमा…