१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

कपिलवस्तुमा इँटा बनाउँदै स्कुले बालबालिका

कपिलवस्तु । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् । उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन्…