कपिलवस्तु ।कपिलवस्तुमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ। कपिलवस्तु नगरपालिका–९ जगदीशपुरस्थित जर्लैया जाने चोक नजिक लु २ ख ६४५५ नम्बरको टिप्परले ठक्कर दिँदा परीक्षा दिएर घर फर्किरहेकी ९ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, कृष्णनगर नगरपालिका क्षेत्रमा चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसले…