कपिलवस्तु ।सामाजिक सञ्जालमार्फत धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यहि चैत ७ गते महाराजगंज नगरपालिका–२ बर्गदवास्थित काली मन्दिरमा ढुङ्गा प्रहार गरी तोडफोड तथा क्षति पुर्याइएको घटनापछि हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो। सोही घटनासम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति तथा सम्प्रदायबीचको सु–सम्बन्धमा…