कपिलवस्तु । कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन् । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ५९ र गत आर्थिक वर्ष २०७७÷०७८ मा ८८ उजुरी परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको…