बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगर पालिका वडा न ७ र ९ मा रहेको कपिल प्रज्ञा पुस्तकालयको तेस्रो वार्षिक साधारणसभा वाङमय प्रतिस्ठानको भवन कपिलधाममा सम्पन्न भएको छ । सो साधारणसभामा संस्थाका सचिव दुर्गा प्रसाद पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शान्ति खनालले आर्थिक बर्ष २०७७-०७८ को कुल ३ लाख ३९ हजार…