मायादेवी अनलाइन, चार नम्बर ।जनता समाजबादी पार्टी (जसपा)ले शुक्रबार कपिलवस्तुका १० वटै पालिकामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेपछि चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले शुक्रबार जिल्लाब्यापी प्रदर्शन गरेको हो । यसैक्रममा बाणगंगा नगरपालिकामा पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन…